पुच्छारमा रहेका बाजुरा लगायतका १० जिल्लामा विशेष योजना कार्यक्रम घोषणा गर्न सरकारसँग सांसद पाण्डेको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले मानव विकास सुुचकांकको पुच्छारमा रहेको बाजुरा लगायतका १० जिल्लामा बडम १० विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन।

मंगलबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद पाण्डेले भने,‘बाजुरा मानवविकास सुचकांकमा ७७ औं स्थानमा रहेको गरिब जिल्ला हो। त्यसैगरि बझाङ,हुम्ला,कालिकोट,अछाम, जाजरकोट,मुगु, महोत्तर र रौतहट लगायतका जिल्लाहरु पुच्छारमा रहेका छन।’

सांसद पाण्डेले संसारकोे सबैभन्दा गरीव देश दक्षिण सुडानको एचडिआई भ्यालु भन्दा तल बाजुरा लगायत हाम्रै देशका ५ जिल्ला रहेको बताए। उनले यस तथ्यलाई हृदयगमन गर्दै नेपाल सरकारले बाजुरा लगायत पुच्छारमा रहेका १० जिल्लालाई लक्षित गर्दै आगामी आर्थिक वर्षमा बटम १० विशेष योजना कार्यक्रम घोषणा गर्न सरकार समक्ष जोडदार माग गरेका छन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्