नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाउनुभएको छ ।
काठमाडौंको वसन्तपुरमा ‘युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा ओलीले अहिले देश अप्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासद्वारा सशक्त ढंगले अघि बढाउने बताउनुभयो ।
उहाले यसको फैसला मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्ने बताउनुभयो । अध्यक्ष ओलीले संविधान दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनु पर्ने धारणा राख्नुभयो ।
संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत् (पदयात्रा) गरेको हो । पदयात्रा बिहान ७ बजे उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो ।