कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटका वारेमा छलफल हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाईएको छ ।

मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखी सुरु भएको हो ।पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाईएको हो ।

आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुदैँछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्