सञ्चार उपकरणमा देखिएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १० । सञ्चार उपकरणमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ ।

सोहीकारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान(अवतरण बन्द भएको हो ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ ।

टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्