मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० वैशाख । प्रभु क्यापिटलमार्फत मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ । यस कम्पनीले केही समय पहिले मात्रै आईपीओ जारी गरेको हो ।

वैशाख ८ गते सेयर रजिष्ट्रारको काम गर्न यि कम्पनीबीच सम्झौता भएको हो । सम्झौतामा अध्यक्ष हिमाल गुरुङ हाइड्रोपावरको तर्फबाट र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।

कम्पनीका अनुसार अब प्रभु क्यापिटलले सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्