मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

हेटौंडा, ७ वैशाख । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मनहरी गाउँपालिका-६ लोथर स्थायी घर भएर हाल कारागारमा  कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियारको आज बिहान १०:४० बजे एक्कासी बहोस भएका थिए ।

उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्