उपचुनाव हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ वैशाख । निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ ।

मतदान हुने मितिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्थापन गरिदिन आयोगले अनुरोध गर्ने भएको छ ।

बुधबार आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई उक्त अनुरोध गर्ने निर्णय गरेहो हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्