निकुञ्जको सीमा हेरफेरका लागि संसदीय समिति गठन गर्न माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ वैशाख ।  नेकपा एमालेका नेता महेश बर्तौलाले निकुञ्जको सीमा हेरफेरका लागि संसदीय समिति गठन गर्न माग गर्नुभएको छ ।

आज  बसेको प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको भन्दै निकुञ्जको सीमा हेरफेर गर्न संसदीय समिति गठन गर्न माग गर्नुभएको हो । उहाले मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनु पर्ने उल्लेख गर्नुभयो ।

मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको भन्दै उहाले मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न आग्रह गर्नुभयो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संसद् बैठक बस्दा ठूलो खर्च हुने गरेको बताउँदै अचानक संसद् बैठक स्थगित हुने गरेकोप्रति आपत्ति जनाउनुभयो । संसद र सरकारबीच समन्वयनको खाँचो देखिएको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्