संसद् राजसंस्थाको पैरवी गर्ने थलो हाेइन : माओवादी सांसद दाहाल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ६ वैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको हो । उहाँले राजसंस्थाले दुई सय ४० वर्षसम्म नागरिकलाई प्रताडित गरेको भन्दै नागरिकलाई प्रताडित गर्ने संस्थाको जबरजस्ती पैरवी गर्ने थलो संसद् नभएको बताउनुभयो । उहाँले संसद् विज्ञापन एजेन्सी पनि नभएको बताउनुभयाे ।

सांसद दाहालले देशमा अर्बाैँ रुपैयाँकाे काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल कारखाना छिटो भन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्