राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस जाँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन ।

रूसकाे माथिल्लाे सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन । बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन ।

अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि बैठक भने अनिश्चित कालका लागि स्थगित भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्