काठमाडौंको बानेश्वरमा द्वन्द्व पीडित सङ्घर्ष समितिकाे विराेध प्रदर्शन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ वैशाख ।  बिभिन्न माग राख्दै काठमाडौंको बानेश्वरमा प्रदर्शनमा उत्रेका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकमा पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तीका साथै पिडकलाई उचित सजायको व्यवस्थासहित संक्रमणकालीन न्याय सम्बन्धी कानून अघि बढाउनुपर्ने भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले प्रदर्शन गरेको थियो ।

उनीहरुले द्वन्द्वका बेला वेपत्ता भएका नागरिकलाई सार्वजनिक गर्न पनि माग गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्