एनओसीविरुद्ध विद्यार्थी उत्रिए सडकमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ वैशाख । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।

‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँबानेश्वर क्षेत्रमा विद्यार्थी सडकमा उत्रिएर प्रदर्शनमा उत्रिएका हुन् । शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने गरी ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेपछि विद्यार्थी सडकमा उत्रिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्