मोरङमा तीन लागु औषध कारोवारी पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

मोरङ । लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)को कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् ।  उर्लाबारी नगरपालिका–३ केर्खाली चोकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा तीनजना पक्राउ पक्राउ परेका हुन ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार यसरी पक्राउ पर्नेमा विश्वास धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्का रहेका छन । लागु औषध कारोबार गरिरहेको अवस्थामा तीनै जनालाई सोमवार राति पक्राउ गरिएको हो । पक्राउ परेकावाट २१ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्