बैतडीमा जोशीको हत्या आरोपमा एक युवक पक्राउ

खबर बुक
  • ख-
  • ख+

बैतडी, ४ वैशाख । बैतडीमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरी फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत २ वैशाखमा दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गर्दै हत्या गरी फरार भएका उनका छिमेकी २३ वर्षीय महेन्द्र विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले विष्टलाई दोगडाकेदार गाउँपालिका-८ कै तल्लोतोलीमा लुकेर बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्लाबाट खटिएको संयुक्त टोलीले विष्टलाई पक्राउ गरेरको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्