राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ वैशाख । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

१९८१ मा जन्मेका तुम्बाहाम्फे २०१५ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित हुनुभएको थियो ।

गत चैत २४ गते ९७ वर्षमा उहाँको निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक बैशाख गते ५ गते बस्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्