प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रिया अघि बढाउन प्रमुख ३ दलबीच सहमति

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ४ वैशाख । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधिश नियुक्तीका लागि सिफारिस गर्न छिटोभन्दा छिटो संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार बसेको सभामुखसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको जानकारी दिनुभयो ।

लामो समयदेखि सर्वोच्च अदालत कामुको भरमा रहेको अवस्थामा प्रधानमन्त्रीले प्रधानन्यायधिशको स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउनका लािग पहल गर्नुभएको लेखकले बताउनुभयो । उहाले संसदको बिषयगत समितिलाई पूर्णता दिने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बैठक प्रधानन्यायधिश सिफारिस गर्ने बिषयमा केन्द्रीत भएको र यस बिषयमा प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिनुभयो । त्यस्तै संसदीय समिति गठनमा पनि सहमतिमा नै अघि बढ्नुपर्नेमा एमालेको जोड रहेको उहाको भनाइ छ ।

उहाले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषय सवैको सरोकारको बिषय भएकाले पीडितलाई न्याय हुने गरि टुङ्ग्याउनुपर्ने बताउनुभयो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा लगाएतका नेताहरु उपस्थीत हुनुहुन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्