पाकिस्तानसँग न्युजिल्यान्डलाई पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ वैशाख । पाकिस्तानले पहिलो टी–२० आई खेलमा न्युजिल्याण्ड ८८ रनले पराजित गरेको छ ।

योसँगै पाकिस्तानल पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । पाकिस्तानले दिएको १८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो ।

न्युजिल्यान्डका मार्क च्यापम्यानले सर्वाधिक ३४ रन बनाए । ओपनर तथा कप्तान टम लाथम २०, चाद वोवेस १, विल योंग २, डर्याल मिचेल ११, जेम्श निसम १५ र रचिन रविन्द्र २ रनमा आउट भए ।

पाकिस्तानका हरिस रौफले चार ४, ईमाद वासिमले २, शाहिन शाह अफ्रिदी, जमान खान, फहिम अशरफ र शादब खानले समान एक विकेट लिए ।

त्यसअघि गद्धाफी स्टेडियम लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान १९.५ ओभरमा १ सय ८२ रनमा अल आउट भएको थियो । पाकिस्तानका सैम अयुबले ४७ रनमा रन आउट भए । फखार जमानले ४७ रन बनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्