संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ ।
समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ ।
बयानका क्रममा जबराले सात जना वकिलको नाम लिनुभएकाे थियाे । समितिले बिहीबार उहाहरुसँग सोधपुछ गरेको थियो ।
सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उहाहरू उपस्थित हुनुभएन ।