काठमाडौं, चैत्र २२ । मंगलबार बिहान निधन हुनुभएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य अर्जुन बुढाथोकीप्रति पार्टीका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको झण्डा ओढाएर बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । असामयिक निधन हुनु भएका बुढाथोकीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार पार्टीको केन्द्रिय कार्यालयमा राखिएको थियो ।
पार्टीका केन्द्रीय सदस्य बुढाथोकीको निधन प्रति अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल महासचिव घनश्याम भुसाल सहितका नेताहरूले दुख व्यक्त गदै उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुर्याएको बताउनुभएको छ ।











