थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परिक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परिक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ३० संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार १ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्