समस्या बल्झाउनेका साथ बिधेयकमा कुनै शव्द राख्न खोजे दुर्भाग्यपूर्ण हुन्छ- प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा रहेर टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले विस्तृत शान्ति सम्झौता कानूनी भन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विना पूर्वाग्रह संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई टुङ्गो लगाउनुपर्ने बताउनुभएको हो ।

संक्रमणकालिन न्यायसम्बन्धी बिषयमा सवैको चिन्ता र चासोको बिषय भएको र यसमा कोहि पक्ष र बिपक्ष हुन जरुरी नभएको उहाले बताउनुभयो । प्रचण्डले समस्या बल्झाउनेका साथ बिधेयकमा कुनै शव्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने जिकिर गर्नुभयो । उहाले बिधेयकमा शव्द जस्तोसुकै राखेपनि भोलिका शक्ति सन्तुलनले नै कार्यान्वयन गर्ने महत्वपूर्ण हुने बताउनुभयो । प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा अदालतले गर्ने फैसलाविरुद्ध अपिलमा जान सक्ने व्यवस्था राख्नुपर्ने समेत बताउनुभयो ।

त्यस्तै एमाले सांसद सुवास नेम्वाङले संक्रमणकालिन न्यायसम्बन्धी कानूनलाई टुङ्गाउनुपर्ने सवैको साझा बिषय भएकाले यसै पटक टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो । उहाले पिडित र पीडकको बिचमा मेलमिलाप र गम्भीर उलंघनमा बिषयमा प्रक्रियाबाटै संक्रमणकालिन न्यायलाई टुङ्गो लगाउनुपर्ने बिषय महत्वपूर्ण रहेको भन्दै बिधेयकमा रहेका बिषयवस्तुलाई निर्विवाद ढंगले अन्तिम रुप दिनुपर्ने बताउनुभयो ।

समितिले संसदको यहि कार्यकालमा नै उक्त बिधेयक पेश गर्ने गरि सहमतिको प्रयास गरिरहेको छ । विधेयकमा सहमति खोज्न समितिले कार्यदल गठन पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्