प्रचण्डको अभिव्यक्तिमा ओलीको आपति

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पास गरेर सरकारले उद्दण्डता देखाएको बताउनुभएको छ ।

यस्तै अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेकोमा समेत आपत्ति जनाउनुभएको छ । आज गृह जिल्ला झापा जाने क्रममा विराटनगर विमानस्थल अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने गरी अहिलेको विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

ओलीले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभएको थियो । प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताउनुभएको थियो । संसदले पारित गरेर प्रमाणिकरणको लागि पठाएको नागरिकता बिधेयक राष्ट्रपति भण्डारीकहाँ बिचाराधिन रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्