सिट बाँडफाँटको विषय अन्तिम चरणमा पुगेको छः झलनाथ खनाल

खबर बुक
  • ख-
  • ख+

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आज गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सहमतिका लागि १० प्रतिशत काम मात्र बाँकी रहेको बताउनुभयो ।

उहाँले आइतबारसम्ममा सिट बाँडफाँटको टुङ्गो लाग्ने दावी गर्नुभयो । उहाँले एमाले, राप्रपा र पाँच दलीय गठबन्धनकाबीचमा चुनाव हुने बताउनुभयो ।

उहाँले मुलुकमा बाम एकताको खाँचो रहेपनि केही व्यक्तिका कारण पूरा हुन नसकेको समेत बताउनुभयो । नेता खनालले बाम शक्ति विभाजन हुनु दुःखद भएको भन्दै एकता नहुँदा अवसरहरू गुमाउँदै गएको उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्