काठमाडौं, माघ १९ । सांसदहरुले संसदमा अव कुनै सामान तोडफोड गरेमा आफैंले क्षतिपूर्ति तिनुपर्ने भएको छ ।
१० माघमा गठित नियमावली मस्यौदा समिति प्रतिनिधिसभाको नियमावली परिमार्जनमा केन्द्रित छ । नियमावली परिमार्जनका क्रममा समिति सदस्यहरु सांसदले कुनै भौतिक क्षति पुर्याए उनैबाट भराउने व्यवस्था राख्न एकमत भएका हुन् । विगतमा सांसदहरुले संसद बैठकस्थलमा कुर्सी र माइक फोडेको इतिहास छ ।
संसदमा भएका तोडफोडका घटनालाई ख्याल गरेर प्रतिनिधिसभा नियमावली २०७५ मा पनि कुनै सांसदले संसद बैठकमा भौतिक क्षति पुर्याए स्वयंबाट भराउने व्यवस्था राखिएको थियो । जसलाई यसपटक पनि निरन्तरता दिन लागिएको हो ।











