काठमाडौं, माघ १५ । मधेस प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन् ।
गएको पुस २९ गते जसपाबाट बिनाविभागीय मन्त्रीको रुपमा नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका यादवलाई माघ १२ गते अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मन्त्री यादवले आज दिउँसो पदभार ग्रहण गर्दै सरकारको राजश्व बृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए ।











