चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १० । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले अहिले मुलुकको आर्थिक अवस्था नाजुक रहेको भन्दै चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत रहेको बताउनुभएको हो । अर्थतन्त्रमा अनेकौँ चुनौती भोग्नुपरेको भन्दै उहाले यसको समाधानका लािग आवश्यक काम गर्न बाँकी रहेको जिकिर गर्नुभयो । उहाले सार्वजनिक संस्थानमा सरकारका तर्फबाट कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले सार्वजनिक खर्च कटौतीलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै संस्थानले पनि खर्चमा मितव्ययिता अपनाउनुपर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी वाणिज्य बैंकहरु मर्जरमा गएको भन्दै सरकारी बैंकहरुले पनि सोच्ने बेला आएको बताउनुभयो । सरकारी बैंकको केही क्षेत्रमा गएको कर्जा गलत प्रयोग भयो कि भन्ने आशंका जन्मिएको पनि बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा बैंकले आरबीबी डिजिटल संसार सेवासमेत शुरु गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी रू १५ अर्ब ६३ करोड छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्