विमान दुर्घटनाबारे संसदलाई जानकारी, शव बुझाउने कार्य भइरहेको छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ पुस । संस्कृति पर्यटन तथा नागरिक पर्यटनमन्त्री सुदन किराँतीले १ माघमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको जानकारी दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रमेश लेखकले विमान दुर्घटनाबारे संसदलाई जानकारी नदिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

यसपछि सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले विमान  दुर्घटनाबारे जानकारी गराउन मन्त्री किराँतीलाई समय उपलब्ध गराएका थिए ।

यसपछि मन्त्री किराँतीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाको शवको पोष्टमार्टम पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा भएको जानकारी दिए । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने कार्य भइरहेको पनि उनले बताए ।

दुर्घटनापछि उद्धारमा सरकारले सक्दो काम गरेको र मृतकका आफन्तलाई बिमाबापतको रकम भुक्तानीको विषयमा पनि सरकारले चासो राखेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्