मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु भएकाे छ ।
माघ २ गते सोमबारदेखि नै निर्वाचन आयोगले अनलाइन दर्ता सुरु गर्ने तयारी गरेकाे थियाे । राष्ट्रिय शोक बिदा परेकाले हिजाेबाट शुरू गर्न नसके पछि आजबाट दर्ता सुरु गरिएकाे आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने सहायक प्रवक्ता भुसालले बताए ।











