कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रुपमा प्रतिपक्षी दल नभएको एमाले सविच महासेठको भनाई

  • ख-
  • ख+

काठमाडौं  : नेकपा (एमाले) का सचिव रघुवीर महासेठले कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रुपमा प्रतिपक्षी दल नभएको बताउनभएको छ ।

रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा महासेठले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसंगै कांग्रेस अव प्रतिपक्षी दल नभएको बताउनुभएको हो । नेता महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको पनि दावी गर्नुभयो ।

उहाले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको भन्ने कुरा ६ महिनापछि थाहा हुने धारणा राख्नुभयो । उहाले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने बताउनुभयो ।

महासेठले आफूहरुले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोेजेको बताउनुभयो । फरक प्रसंगमा उहाले आफू १०÷१५ वर्ष सक्रिय राजनीतिमा रहने बताउँदै राष्ट्रपति, उपराष्ट्र र सभामुखजस्ता पदमा नजाने स्पष्ट पार्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्