शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

न्युज कारखाना
  • ख-
  • ख
  • ख+

धनगढी, २८ पुस । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले साशकीय सुधार गर्ने पहिलो निर्णय गरेका छन् ।

बिहीबार आयोजित सपथ कार्यक्रमपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलले शासकीय प्रणालीमा सुधार गर्ने निर्ण गरेका हुन् ।

त्यसका लागि मुख्यमन्त्री रावलले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल समेत गठन गरेका छन् ।

उक्त कार्यदलमा सबै मन्त्रालयका सचिव सदस्य रहेका छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्