क्रिकेट कप्तान सन्दीपविरुद्ध नाबालिका बलात्कारको उजुरी

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका जबर्जस्ती करणीको आरोप लागेको छ ।

काठमाडौँको एक कलेजमा अध्ययनरत किशोरीले हिजो बेलुकी काठमाडौँ प्रहरी परिषरमा जाहेरी दिएकी प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गत भदौ ५ गते काठमाडौँको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको दाबी छ । घटनाको भोलिपल्ट भदौ ६ गते सन्दीप केन्या जानुभएको छ ।

कप्तान लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिजमा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्