घण्टी लिएर सिंहदरबार गेटमा पुगेका युवतीलाई प्रहरीको लछार–पछार

खबर बुक
  • ख-
  • ख+

२ साउन, काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले लछार–पछार गरेको छ ।

विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले सिंहदरबारको दक्षिण गेटमा लछारपछार गर्दै हटाएको हो ।

उनीहरू गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या राख्न पाउनुपर्ने भन्दै पछिल्लो पाँच दिनदेखि यसैगरी सिंहदरबारको गेटमा धर्ना दिन पुग्ने गरेका छन् । प्रहरी बलप्रयोग गर्दै हरेक दिन जसो उनीहरूलाई हटाउने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्