बाढी पहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

२ साउन, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज र भोलि मुसलधारे वर्षा हुने जनाउँदै सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्