सप्तरीमा सवारी दुर्घटनाम : दुई जनाको मृत्युु, दुई घाइते

खबर बुक
  • ख-
  • ख
  • ख+

सप्तरी. २४ पुस । सप्तरीको हुलाकी राजमार्ग खडक नगरपालिकामा बिग्रर राखिएको टिपरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिग्रेर राखिएको स.१ ख ९२८ नम्बरको टिपरमा बोदे बर्साइनबाट राजविराजतर्फ आउँदै गरेका बा.८९प ३२१५ र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परL दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ । बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगपालिका ११ बनौली बस्ने २० बर्षीय बैजु भनिने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको कोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका १० बस्ने २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलको पछाडी सवार डाक्नेश्वरी १० बस्ने २२ वर्षीय सुमन चौधरी र बा ८९ प ३२१५ नम्बरको कोटरसाइकलको पछाडि सवार खडक नगरपालिका ११ बनौली बस्ने २२ वर्षीय बुधन चौधरी घाईते भएका छन् । उनीहरूको उपचार भइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीइसपी नरेश कुमार सिंहले जानकारी दिए । टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्