राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने सरकारकाे निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ पुस।  सरकारले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले केहि सचिवहरुको पनि सरुवा गर्ने निर्णय गरेको बुझिएको छ । मन्त्रिपरिषद्को निर्णयको औपचारिक निर्णय भने शुक्रबार सरकारका प्रवक्ता बिष्णु पौडेलले सार्वजनिक गर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । उहाले सरकारको न्युनतम कार्यक्रमका बिषयमा बैठकमा छलफल भएको र शुक्रबार नै अन्तिम रुप दिने बताउनुभयो । न्युनतम कार्यक्रमपछि मात्रै मन्त्रिपिरिषद् बिस्तार हुने उहाले बताउनुभयो । उहाले आफ्ना दलका तर्फबाट न्युनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, स्वास्थ शिक्षा, सेवा प्रवाह चूस्तदुरुस्त, मलका बिषय लगाएतका कार्यक्रमहरुमा जोड दिएको बताउनुभयो ।

उहाले जनमत अनुसारको सरकार बनेकाले सवै दलको भावना समेटिने गरि न्युनतम कार्यक्रम बन्ने दावी गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्