संसदमा श्रम संस्कृतिकाे प्रश्न : प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने ?

खबर बुक
  • ख-
  • ख+

काठमाडाैँ : श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गर्नुपर्ने हो ? भन्दै संसदमा प्रश्न गरेकाे छ। उक्त पार्टीका महासचिवसमेत रहेका सांसद आर्यन राईले यसबारे साेमबार सभामुखको ध्यानाकर्षण गराएका हुन्।

सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहकाे ‘नेपालले पनि भारतको भूमि मिचेको’ छ भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै संसदको रेकर्डबाट हटाउनुपर्ने माग दाेहाेर्याएका हुन्। उनले प्रधानमन्त्रीले दिएका अभिव्यक्ति हटाउन कहिलेसम्म आवाज उठाइराख्नुपर्ने हो ? भन्दै भन्दै राष्ट्रियताको सवालमा १ इन्च तलमाथि नहुने आफूहरूको अडान स्पष्ट पारे।

सांसद राईले भने, ‘हामीले कहिलेसम्म प्रधानमन्त्री ज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिको विषयमा यो सदनमा फरक मत राखिराख्नु पर्ने हो, म त्यो सोध्न चाहन्छु । के एक वर्ष, दुई वर्ष, ५ वर्ष ? हामी तयार छौँ । राष्ट्रियताको सवालमा १ इन्च तलमाथि हामी सर्दैनौ सभामुख महोदय। त्यसैले प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्ति उहाँले करेक्शन गर्नुपर्छ यस सम्मानित सदनको रोस्टममा आएर ।’

एमबिबिएस र बिडिएस पढ्ने विद्यार्थीको समस्या तत्काल समाधान गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्