काठमाडौं । रास्वपाका सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनामा गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै दुर्घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखसँग रुलिङको माग गरे ।
उद्धारमा विपक्षीले भनेजस्तो लापरबाही भएको साँचो हो ? भन्दै प्रश्न उठाए । उनले भविष्यमा कर्णाली राजमार्गमा हुनसक्ने दुर्घटना रोक्नका लागि सरकारले आफ्नो योजना सदनको रोष्ट्रमबाट दिनुपर्ने बताए ।










