सुनको मूल्य यो वर्षकै उच्च

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ पुस । नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च भएकाे छ ।

हिजाे बुधबार  प्रतितोला १ लाख २ हजार ९ सयमा काराेबार भएकाे छापावाल सुनकाे मुल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेर एक लाख ३१ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्