काठमाडौं, पुष १९ । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले पूर्व स्वीकृति विना कसैलाई विद्यालयमा प्रवेश नगराउन विद्यालयहरुलाई परिपत्र गरेको छ ।
विभागको अनुसार विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदीको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहरुसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन परिपत्र गरिएको हो ।











