काठमाडौं, पुष १९ । दैलेखको दुल्लु नगरपालिका–९ पादुकामा टिप्पर दुर्घटनामा परि एकजनाको ज्यान गएको छ। नगरपालिकाको भे १ ग ७७ नम्बरको टिप्पर मंगलबार दुर्घटना हुँदा टिप्पर चालक दुल्लु नगरपालिका–३ का २९ वर्षीय धनबहादुर बुढाको ज्यान गएको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन ।
दुल्लुबाट पादुकातर्फ जाँदै गरेको टिप्पर दुल्लु नगरपालिका–९ पादुकास्थित मध्यपहाडी राजमार्ग सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए।
प्रहरी निरीक्षक कार्कीले टिप्पर चालक बुढाको दुल्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। टिप्पर दुर्घटनामा परी दुल्लु नगरपालिका–७ का ३५ वर्षीय नगेन्द्र रावत र दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पूर्ण थापा घाइते भएका प्रहरीले जनाएको छ।











