सांसदद्वय माया राई र प्रेम आलेले लिए शपथ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ पुस । प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन् ।

गत ७ पुसमा भएको शपथ कार्यक्रममा राई र आले उपस्थित भएका थिएनन् । राई सुत्केरी भएर अस्पतालमा थिइन् ।

आले भने आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन् । राईलाई नेपाली कांग्रेसले समानुपातिकबाट र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्