सोमबार सुनचाँदीको मूल्य स्थिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ पुस । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहि प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्