बझाङमा एक पुरुष मृत फेला

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, १७ पुस ।  बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६ पी खेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन् ।

मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतवार मृत फेला परेको प्रहरी जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्