माओवादी बागमती संसदीय दलको नेतामा जमरकट्टेल

न्युज कारखना
  • ख-
  • ख+

मकवानपुर, १६ पुस । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

माओवादी केन्द्रले सर्वसम्मत नेता चयन गर्न शुक्रबारबाट पहल थालेको थियो । शुक्रबार सहमति नभएपछि संसदीय दलको आज बसेको बैठकले जमरकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो ।

संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्