तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

न्युज कारखना
  • ख-
  • ख+

तनहुँ, १६ पुस । तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.नं. ३–०१–००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिएलगत्तै दमौली अस्पताल पुर्‍याइएको मियाको उपचारका क्रममा मृत्यु भएको हो ।

बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका ४ का ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्