लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान, १८ पुसमा बैठक बस्ने

खबर बुक
  • ख-
  • ख+

बुटवल, १४ पुस । लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले  पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताएका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिशमा अधिवेशन आह्वान गरिएको हो । त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराइनेछ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्