कोभिड रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता

खबर बुक
  • ख-
  • ख+

विरगञ्ज, १४ पुस । छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

यसैबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गर्नुभएकाे छ ।  उहाले वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन निर्देशन पनि दिनुभयाे ।

उहाले हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह गर्नुभयाे  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्