सरकार बनाउने समयसीमा घर्किंदै, प्रचण्ड भन्छन्- गठबन्धनकै सरकार बन्छ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभा सदस्यकाे  शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन् ।

‘यही गठबन्धनको सरकार बन्छ,’  प्रचण्डले भने । अबको भावी प्रधानमन्त्री को बन्छ त ? भन्ने प्रश्नमा प्रचण्डले छोटो उत्तर दिए, ‘हामी सल्लाह गर्दै छौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएकाे ७ दिनको समयसीमा घर्किन लागिरहेको बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।आउँदाे आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदकाे दाबी गर्न समय दिइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्