कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

न्युज कारखाना
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३ पुस।सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकदिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्