काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिलाई वैधानिकता दिन फागुन २१ गते निर्वाचन गराइएको टिप्पणी गरेका छन्।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनले देश अहिले राजनीतिक रूपमा भय र त्रासको वातावरणमा रहेको दाबी गरेका छन्।
ओलीले सरकार स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको आरोप लगाउँदै दमनकारी र प्रतिशोधपूर्ण व्यवहार बढेको बताएका छन्।
उनले आर्थिक अवस्था पनि निरन्तर अधोगतितर्फ गइरहेको टिप्पणी गरेका छन्।
सरकारको कार्यशैली र निर्वाचनको औचित्यमाथि ओलीले उठाएका यी प्रश्नले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने देखिएको छ।






